Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाललाई हराउँदै पिएनजीले जित्यो टी– २० सिरिजको उपाधि

नेपाललाई हराउँदै पिएनजीले जित्यो टी– २० सिरिजको उपाधि


काठमाडौँ । नेपाललाई हराउँदै पिएनजीले जित्यो टी– २० सिरिजको उपाधि जितेको छ । हङकङमा भएको खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी–२० सिरिजको उपाधि जितेको हो ।

पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्बाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए । यो बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

पिएनजीका लागि काबुआ मोरिया, चाद सोपेर, सेमो कामिया र सेसे बाउले २–२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३(३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक–एक विकेट लिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT