Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननेपाल–युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेदेखि

नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेदेखि


काठमाडौँ । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव २०२४ आयोजना गर्दैछ। चलचित्र महोत्सव आगामी चैत ७ गतेदेखि १० गतेसम्म चल्नेछ ।

यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउन गरिएका विविध कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा रहेको आयोजकको भनाइ छ ।

‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः साँस्कृतिक विविधताको उत्सवु’ मूल नारा रहेको यो महोत्सवको १३औं संस्करण हो । महोत्सव काठमाडौँको सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमामा हुनेछ ।

महोत्सवको उद्घाटन कार्यक्रममा निम्ता गरिएका अतिथिहरुको मात्र सहभागीता रहनेछ भने अरु दिन सबैका लागि खुल्ला रहनेछ । उद्घाटनको दिन मार्टीन म्याकडोनागले निर्देशन गरेको विभिन्न अवार्ड जितेको चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र डाय ड्रिम्स प्रदर्शित हुनेछ ।

महोत्सवको हरेक स्क्रिनिङमा एउटा नेपाली र अर्को युरोपियन चलचित्र गरी दुई वटा फिल्महरु देखाइने छ । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो । विजेता चलचित्रका निर्देशकहरूसहित अन्य युवा निर्देशकहरु ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्रहरुको महोत्सवमा सहभागी हुनेछन् ।

महोत्सवमा भाग लिने युवा निर्देशकहरूको छनौट भने बाँकी रहेको छ । यो महोत्सवको लागि १० वटा लघु नेपाली चलचित्रहरु प्रतिस्पर्धामार्फत छनौट गरिएको थियो। प्रतिस्पर्धामा युवा नेपाली चलचित्र निर्देशकले ठूलो संख्यामा चलचित्रहरु पठाएका थिए ।

‘युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सृजनशीलता काठमाडौँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकहरूसँग आदानप्रदान गर्न पाउँदा म अत्यन्त हर्षित छु,’ नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा. जोएल इभोनेटको भनाइ छ ।

महोत्सव अवधिभर नौ वटा युरोपियन चलचित्रहरु र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘चपली हाइट–३’ २०० रुपैयाँमा हेर्न सकिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा…

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन्

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

काठमाडौँ । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अगरवाल र श्रृद्धा

जापानमा अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम

Techie IT