Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थअब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने

अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने


काठमाडौँ । अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्रयाक गर्न भेहिकल ट्रयाकिङ सफ्टवेयर थप गरी कम्पनीले यो सेवा उपलब्ध गराउन थालेको हो ।

केही दिन अघिदेखि यो सेवा सञ्चालनमा आइसकेको छ । यो सँगै यसमा जोडिएका विद्यालय तथा अभिभावकले बसको अवस्थाबारे जानकारी लिन सक्ने भएका हुन् ।

डियरवाक स्कुल तथा क्याम्पसबाट यसको सुरुवात भएको कम्पनीले जनाएको छ । ‘हामीले पहिलो चरणमा डियरवाक स्कुल तथा क्याम्पसका बसबाट यो सेवाको सुरुवात गरेका छौं,’ हाम्रो पात्रो इंककी निर्देशक सुदिना गौतम भन्नुहुन्छ, ‘अबको केही दिनभित्रै थप १० स्कुल तथा कलेजलाई यो सिस्टममा जोडिने तयारी हुँदैछ ।’

यो सिस्टम मार्फत स्कुल कलेजका अभिभावकले बस कहाँ आइपुग्यो भन्ने कुरा हाम्रो पात्रोको एपमै हेर्न सक्नुहुनेछ । यसका लागि सुरुवातमा विद्यालय तथा कलेजहरू यो सिस्टममा जोडिनुपर्ने हुन्छ । त्यससँगै विद्यालयले अभिभावकलाई विद्यार्थी चढ्ने बस अनुसार बस ट्रयाक गर्न सकिने सुविधा उपलब्ध गराउँछ ।

यो सिस्टमको सहयोगमा विद्यालय तथा कलेजहरूले आफू मातहतका सम्पूर्ण बसहरू एकै पटक ट्रयाक गर्न सक्छन् ।

यसले अभिभावकलाई आफ्ना बालबालिका चढेको बस स्कुल पुग्यो कि पुगेन, कति बेला पुग्यो, घर फर्किने बेला बस कहाँ आइपुग्यो अथवा आफ्नो अफिसमै बसेर बालबालिका घर पुगे वा पुगेनन् भन्ने जानकारी लिने सुविधा दिन्छ । यसले विद्यालय तथा अभिभावक दुवै पक्षलाई सहजता प्रदान गर्ने विश्वास छ ।

कम्पनीका अनुसार हाम्रो पात्रो एपबाट नै प्रयोगकर्ताले जीपीएस ट्रयाकिङ सुविधा प्रयोग गर्न सक्छन् । कम्पनीले जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न लाग्ने शुल्कको विषयमा पनि कुनै जानकारी दिएको छैन । यद्यपि इच्छुक स्कुल तथा कलेज, सङ्घ संस्थाले यसका लागि हाम्रो पात्रोको कार्यालयमा सम्पर्क राख्न सक्ने गौतमको भनाई छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

काठमाडौँ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

Techie IT