गृहपृष्ठ ∕ राजनीति ∕ आगामी बैठकसम्म गृहमन्त्रीमाथि छानबिन समिति गठन गर्न कांग्रेसको अल्टिमेटमआगामी बैठकसम्म गृहमन्त्रीमाथि छानबिन समिति गठन गर्न कांग्रेसको अल्टिमेटम नेपालीपत्र बुधबार, २०८० चैत्र ७ गते, १२:०६ मा प्रकाशित राजनीति काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ ।प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन् ।‘कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ । प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ ? त्यो कदापि हुन सक्दैन । सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राखे । त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा ।’ सांसद न्यौपानेले भनिन्, ‘सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ । बजेटको छलफलको विषयमा हामी तयार छौँ । अवरोध गर्दैनौँ । छानबिन समिति गठन गर्न किन डराउनुपर्यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ । झन् शंका उब्जेको छ ।’उनले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग यथेष्ट प्रमाण रहेको दाबी गरिन्। उनले आगामी बैठकसम्म सरकार समिति गठन गर्न तयार नभए सदन सत्तापक्षले अवरोध गरेको हुने ठहरिने बताइन्। #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्तधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता ५ पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यानThe Film Nepal