Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालअध्यक्ष बस्नेतविरुद्ध आरोप झुठो भएको पुष्टि, अफवाह फैलाउनेविरुद्ध कारवाहीका लागि अदालत जाने

अध्यक्ष बस्नेतविरुद्ध आरोप झुठो भएको पुष्टि, अफवाह फैलाउनेविरुद्ध कारवाहीका लागि अदालत जाने


काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध तथ्य र आधारहीन ढंगले आक्षेप लगाई उजुरी परेको देखिएको छ ।

केही दिन अघि उनीविरुद्ध साइबर ब्यूरोमा साइबर सम्बन्धी उजुरी परेको थियो ।

अध्यक्ष बस्नेतले चलाउने मेसेन्जरबाट अस्वभाविक ढंगले कल, म्यासेज गएको भन्दै उजुरी परेको थियो । त्यसमाथि भएको अनुसन्धानले त्यस्तो कुनै तथ्य, प्रमाण नभेटिएको ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए ।

‘उजुरीमा भनेजस्तो, आक्षेप लगाइएको कुरालाई पुष्टि गर्ने कुनै तथ्य, आधार र प्रमाण भेटिएन ।’ प्रवक्ता रायले बताए ।
आफूले चलाउने फेसबुकमा केही दिन प्राविधिक समस्या भएको, सोही बीचमा भएका कल, म्यासेजको बारेमा बस्नेतले प्रहरीको साइबर ब्यूरो र सार्वजनिक रुपमा समेत जानकारी गराएका थिए ।

सोही बीचमा रातको समयमा आफ्नो मेसेन्जरमा अपशब्द प्रयोग भएकोले कारवाही माग गर्दै बस्नेतविरुद्ध उजुरी परेको थियो ।

तर, उजुरीकर्ताको फेसबुक एकाउण्ट शंकास्पद रहेको, उजुरीमा दावी गरे अनुसार शब्द प्रयोग नभएको, उजुरीकर्ताको मेसेन्जरबाटै पहिलो कल गएको अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दियो ।

त्यस्तै, बस्नेतले चलाउने मेसेन्जर दुरुपयोग गरी उजुरीकर्तासँग कसैले ५ हजार रुपैयाँ मागेको देखिएको तर, सो कुरा उनले उजुरीमा उल्लेख नगरेकाले झन् शंका बढाएको स्रोतको दावी छ ।

यसैबीच, आफूविरुद्ध अनाहकमा सामाजिक सञ्जालमा अफवाह फैलाईएको विषयमा काउन्सिल अध्यक्ष बस्नेतले मंगलबार राजधानीमा उपलब्ध बोर्ड सदस्यहरुसहित बैठक बोलाएर सुझाव लिएका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बोर्ड सदस्यहरु दिपक पाण्डे, ठाकुरप्रसाद बेल्वासे, शरद अधिकारीसहित भएको आकस्मिक बैठकमा बस्नेतले अहिलेसम्मका सबै घटनाक्रमबारे सविस्तार सुनाएको एक सदस्यले जानकारी दिए ।

तथ्य पुष्टि नभई व्यक्तिको चरित्रहत्या र मानमर्दन हुने गरी प्रचार प्रसार गर्ने, सामाजिक सञ्जालमा अपशब्द र गालीगलौज गर्नेविरुद्ध कानुनी लडाईँबारे उनले अवगत गराएका थिए । ती सदस्यका अनुसार अध्यक्ष बस्नेत आफू विरुद्ध अफवाह फैलाउनेलाई हदैसम्म कारवाही माग गर्दै न्यायका लागि अदालती प्रक्रियामा जुटेका छन् ।

मंगलबार अबेरसम्म ३३ जना कानुनव्यवसायीले मुद्धामा सहयोगका लागि वकालतनामाको प्रतिवद्धता दिएको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT