Techie IT
२०८३ असोज १७, शनिबार
NepaliPatra logo
गृहपृष्ठ ∕ नेपाल ∕ अध्यक्ष बस्नेतविरुद्ध आरोप झुठो भएको पुष्टि, अफवाह फैलाउनेविरुद्ध कारवाहीका लागि अदालत जाने

अध्यक्ष बस्नेतविरुद्ध आरोप झुठो भएको पुष्टि, अफवाह फैलाउनेविरुद्ध कारवाहीका लागि अदालत जाने


काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध तथ्य र आधारहीन ढंगले आक्षेप लगाई उजुरी परेको देखिएको छ ।

केही दिन अघि उनीविरुद्ध साइबर ब्यूरोमा साइबर सम्बन्धी उजुरी परेको थियो ।

अध्यक्ष बस्नेतले चलाउने मेसेन्जरबाट अस्वभाविक ढंगले कल, म्यासेज गएको भन्दै उजुरी परेको थियो । त्यसमाथि भएको अनुसन्धानले त्यस्तो कुनै तथ्य, प्रमाण नभेटिएको ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए ।

‘उजुरीमा भनेजस्तो, आक्षेप लगाइएको कुरालाई पुष्टि गर्ने कुनै तथ्य, आधार र प्रमाण भेटिएन ।’ प्रवक्ता रायले बताए ।
आफूले चलाउने फेसबुकमा केही दिन प्राविधिक समस्या भएको, सोही बीचमा भएका कल, म्यासेजको बारेमा बस्नेतले प्रहरीको साइबर ब्यूरो र सार्वजनिक रुपमा समेत जानकारी गराएका थिए ।

सोही बीचमा रातको समयमा आफ्नो मेसेन्जरमा अपशब्द प्रयोग भएकोले कारवाही माग गर्दै बस्नेतविरुद्ध उजुरी परेको थियो ।

तर, उजुरीकर्ताको फेसबुक एकाउण्ट शंकास्पद रहेको, उजुरीमा दावी गरे अनुसार शब्द प्रयोग नभएको, उजुरीकर्ताको मेसेन्जरबाटै पहिलो कल गएको अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दियो ।

त्यस्तै, बस्नेतले चलाउने मेसेन्जर दुरुपयोग गरी उजुरीकर्तासँग कसैले ५ हजार रुपैयाँ मागेको देखिएको तर, सो कुरा उनले उजुरीमा उल्लेख नगरेकाले झन् शंका बढाएको स्रोतको दावी छ ।

यसैबीच, आफूविरुद्ध अनाहकमा सामाजिक सञ्जालमा अफवाह फैलाईएको विषयमा काउन्सिल अध्यक्ष बस्नेतले मंगलबार राजधानीमा उपलब्ध बोर्ड सदस्यहरुसहित बैठक बोलाएर सुझाव लिएका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बोर्ड सदस्यहरु दिपक पाण्डे, ठाकुरप्रसाद बेल्वासे, शरद अधिकारीसहित भएको आकस्मिक बैठकमा बस्नेतले अहिलेसम्मका सबै घटनाक्रमबारे सविस्तार सुनाएको एक सदस्यले जानकारी दिए ।

तथ्य पुष्टि नभई व्यक्तिको चरित्रहत्या र मानमर्दन हुने गरी प्रचार प्रसार गर्ने, सामाजिक सञ्जालमा अपशब्द र गालीगलौज गर्नेविरुद्ध कानुनी लडाईँबारे उनले अवगत गराएका थिए । ती सदस्यका अनुसार अध्यक्ष बस्नेत आफू विरुद्ध अफवाह फैलाउनेलाई हदैसम्म कारवाही माग गर्दै न्यायका लागि अदालती प्रक्रियामा जुटेका छन् ।

मंगलबार अबेरसम्म ३३ जना कानुनव्यवसायीले मुद्धामा सहयोगका लागि वकालतनामाको प्रतिवद्धता दिएको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT