Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले नेताका जिम्मेवारीमा व्यापक फेरबदल (अपानिसहित)

एमाले नेताका जिम्मेवारीमा व्यापक फेरबदल (अपानिसहित)


काठमाडौँ । नेकपा एमालेले पार्टीको अधिकांश नेताका जिम्मेवारीमा फेरबदल गरेको छ ।

नयाँ जिम्मेवारी अनुसार पार्टीको समग्र नेतृत्व गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

साथै, वरिष्ठ उपाध्यक्ष पोखरेलले नीति/योजना सम्वद्ध विभागकोहरुको संयोजन गर्ने जिम्मेवारी पनि पाएका छन् ।

त्यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेश र स्थानीय तहको समन्वय गर्ने जिम्मेवारी पाएका छन् । त्योसँगै उनले मानवस्रोत सम्वद्ध विभागहरुको संयोजन पनि गर्नेछन् ।

अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय गर्ने भुमिका पाएकी छिन् । सँगै उनले सामाजिक विकास सम्वद्ध विभागहरुको संयोजन पनि गर्नेछिन् ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कृषि तथा उद्यमशीलता सम्वद्ध विभागको संयोजन गर्नेछन् । त्यसोसँगै उनले कुटनीतिक सम्वन्ध तथा राष्ट्रिय सुरक्षासँग सम्वद्ध निकायसँग पनि समन्वय गर्नेछन् ।

उपाध्यक्ष बिष्णु पौडेलले पार्टीको संगठनात्मक कामको अनुमगन गर्ने जिम्मेवारी पाएका छन् । त्यस्तै, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सुशासन र सेवा प्रवाह सम्वद्ध विभागहरुको संयोजन गर्नेछन् भने अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वाधार तथा विकास सम्वद्ध विभागहरुको संयोजन गर्नेछन् ।

पार्टी महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको संयोजन गर्नेछन् । उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभागको नेतृत्व गर्नेछन् भने अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदीय विभाग प्रमुखको जिम्मेवारी निभाउने छन् । त्यस्तै, उपमहासचिव बिष्णु रिमालले निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

पार्टी सचिव लेखराज भट्ट कर्णाली प्रर्दश इन्चार्ज भएका छन् । त्यस्तै गोकर्ण बिष्ट गण्डकी, योगश भट्टराई मधेस प्रदेश, छविलाल विश्वकर्मा सुदुरपश्चिम प्रदेश, रघुवीर महासेठ कोशी प्रदेश र पद्माकुमारी अर्याल लुम्विनि प्रदेश इन्चार्ज भएकी छिन् । गत १९ जेठमा बसेको सचिवालय बैठकले पार्टी सम्वद्ध नेताहरुको जिम्मेवारीमा व्यापक फेरबदल गरेको हो ।

10th Congress Apani 7 Final




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कपिलवस्तुको पकडीमा एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखा कार्यालयको मातहतमा

अप्रिलमा १ लाख ११ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

काठमाडाैँ । गएको अप्रिलमा नेपालमा एक लाख ११ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

प्रचण्ड–ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र

Techie IT