Techie IT
२०८१ वैशाख २७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार


काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी आम आदमी पार्टीका संयोजक हुन् ।

ईडीको टोली बिहीबार साँझ ७ बजे पक्राउ पुर्जी लिएर केजरीवालको घर पुगेको थियो । दुई घन्टा सोधपुछपछि अनुसन्धान एजेन्सीले राति ९ बजे उनलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ । उनलाई पक्राउ गर्न ईडीका १२ जना अधिकारी उनको घरमा पुगेका थिए ।

हाल खारेज गरिएको दिल्ली मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो ।

यसैबीच दिल्लीका मन्त्री आतिशीले केजरीवाल दिल्लीको मुख्यमन्त्री रहिरहने दाबी गरेका छन् । हिरासतबाटै सरकार चलाउने उनको भनाइ छ ।

गिरफ्तारीबाट जोगिनका लागि केजरीवालले दिएको निषेधाज्ञाको निवेदन पनि बिहीबार दिल्ली उच्च अदालतले खारेज गरिदिएको थियो । उच्च अदालतको निर्णयविरुद्ध केजरीवालको कानुनी टोलीले सर्वोच्च अदालतमा अपिल पनि गरेको छ ।

आम आदमी पार्टीले बीजेपीले आफ्ना विपक्षीलाई तह लगाउन सरकारी अनुसन्धान संयन्त्रको दुरुपयोग गरिरहेको आरोप लगाउँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

Techie IT