Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता


काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा फिर्ता ल्याउने निर्णय गरेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले तत्कालीन अबस्थामा च्याम्पियन फुटवेयरका नाममा गएर अहिले चाँदबाग रेसिडेन्सी प्रालिका नाममा रहेको जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको हो ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीले मन्त्रिपरिषद्को निर्णय वा सरकारको स्वीकृतिबिना जग्गा फुटवेयरको नाममा गएको ठहर भएकोले जग्गा सरकारीकरण गर्ने निर्णय गरेको जानकारी दिए । सीआइबीको सहयोगमा आफुहरुले थप अनुसन्धान गरेर आज अन्तिम टुङ्गो लगाएको उनले बताए ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख नेपालीकाअनुसार २०२१ सालको फिल्डबुकले त्यो जग्गा बाँसबारी छाला जुत्ता उद्योगको रहेको देखिन्छ । यस्तै २०३७ सालमा बाँसबारी छालाजुत्ता उद्योगको नाममा दर्ता स्रेस्ता कायम भएको थियो ।

२०४४ भदौ ५ गते छ रोपनी र २०४४ साल मंसिर १८ गते चार रोपनी गरी १० रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको भेटिएकोसमेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT