Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालबेइजिङमा वाङ र श्रेष्ठबीच बीआरआई कार्यान्वयन मोडालिटीमा छलफल

बेइजिङमा वाङ र श्रेष्ठबीच बीआरआई कार्यान्वयन मोडालिटीमा छलफल


काठमाडौँ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग भेटवार्ता गरेका छन् ।

साता लामो चीन भ्रमणको क्रममा सोमबार बेइजिङ आइपुगेका श्रेष्ठले साँझ चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका हुन् । बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको करिब एक घण्टा लामो भेटवार्तामा ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन तथा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनको मोडालिटीबारे छलफल भएको छ ।

‘वाङले गत वर्ष प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा राष्ट्रपति सीसँग भएको भेटमा द्विपक्षीय सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै त्यसको सशक्त कार्यान्वयन गर्न आह्वान गरे,’ वाङको भनाई उधृत गर्दै भेटमा सहभागी एक नेपाली अधिकारीले भने, ‘बीआरआई सहयोग प्रवर्द्धन र नागरिकस्तरको सम्पर्कमा वृद्धि गर्न वाङले जोड दिए ।’

चीनका समकक्षी वाङ यीसँग मंगलबार दुई पक्षीय भेटवार्ता तय भएकाले आजको उच्च भेटमा पहिले भैसकेका सहमतिहरूको कार्यान्वयन र दुई देशका नेताहरूबीचको सम्बन्धनबारे बढी छलफल भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङका अत्यान्तै निकट वाङ पार्टीको सात सदस्यीय स्थायी समितिका पाँचौ नम्बरका सदस्य हुन् । उनी चिनियाँ सरकारलाई सल्लाह प्रदान गर्ने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष हुन् ।

चीन र नेपाल सम्बन्धमा वाङले थप भने, ‘दुई देशबीच भएका महत्वपूर्ण सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न, विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको सहयोगको चीन–नेपाल रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा साझा भविष्यको अझ नजिकको समुदायलाई जोड दिन चीन नेपालसँग काम गर्न तयार छ ।’ वाङसँग ‘नेपालले एक चीन सिद्धान्त दृढताका साथ पालना गरेको’ बताउँदै श्रेष्ठले चीनसँग विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्दा दुई देशका जनतालाई बढी फाइदा हुने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गृह मन्त्रालयद्वारा हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे…

काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन

विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौं: परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरुले विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् ।

जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख लुटपाट

काठमाडौँ । जनकपुरमा हतियार देखाएर सोमबार एक सहकारीको ८० लाख रुपैयाँ लुटपाट गरिएको छ । धनुषा प्रहरीका अनुसार शुभश्री बचत

प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्षः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसित छलफल गर्ने भएका छन् । मंगलबार बिहान साढे ११

शंखपार्कमा एक पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् । आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको

Techie IT