Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालपोर्चुगल र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

पोर्चुगल र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारीमा युरोपेली मुलुक पोर्चुगल र क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा पाँचपोखरी गाउँपालिका–२ सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय मिङमार लामा र मध्य नेपाल नगरपालिका–५ लमजुङ घर भई हाल बौद्ध बस्ने ३६ वर्षकै प्रकाश वंशी ठकुरी रहेका छन् ।

पक्राउ परेका लामाविरुद्ध आमान बोम्जन नामका व्यक्तिले आफूलाई क्रोएसिया पठाइदिन्छु भन्दै तीन लाख लिएर ठगी गरेको भन्दै उजुरी दिएको र ठकुरीले पोर्चुगल पठाइदिने भन्दै विशाल चौहानसमेत तीन जनासँग ११ लाख २७ हजार रकम लिएर ठगी गरेको उजुरी रहेको छ ।

दुवै जनालाई मंगलबार पक्राउ गरेर कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकरी दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT