Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगृहमन्त्रीमाथि निश्पक्ष छानबिनका लागि संसदीय छानविन समिति आवश्यक भयोः कांग्रेस

गृहमन्त्रीमाथि निश्पक्ष छानबिनका लागि संसदीय छानविन समिति आवश्यक भयोः कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा आरोपी गृहमन्त्री रवि लामिछानेमाथि निश्पक्ष छानबिन गर्न संसदीय छानबिन गठनको माग गरेको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले रवि लाछिानेमाथि सहकारी ठगीका सन्दर्भमा निश्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

गृहमन्त्री र प्रहरीले अनुसन्धान हुँदैछ भनेपछि आफूहरू विश्वस्त भए पनि आरोपी नै गृहमन्त्री भएपछि छानबिन समिति आवश्यक भएको उनको भनाइ छ ।

‘गृहमन्त्री र प्रहरी प्रमुखले अनुसन्धान गर्दैछौं भनेपछि छानविन समिति आवश्यक थिएन,’ उनले थपे, ‘तर जब आरोपी रवि लामिछाने नै गृहमन्त्री बने, तब छानविनमा शंका हुने नै भयो। निश्पक्ष छानबिनका लागि संसदीय छानविन समिति आवश्यक भयो ।’

‘नयाँ गर्छु भनेर आउनुभएको छ । संसदीय छानबिन समिति बनाएर त्यसबाट अघि बढौं । दोषी हो भने कारबाही भोग्नुस्, निर्दोष हो भने छुटकारा पाउनुहोस् । नत्र यो आरोपले तपाईंलाई जीन्दगीभर छाड्नेछैन,’ सांसद यादवले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT