Techie IT
२०८२ असार ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनक्कली भूटानी शरणार्थी प्रकरण: प्रतिवादीतर्फको बहस सुरु

नक्कली भूटानी शरणार्थी प्रकरण: प्रतिवादीतर्फको बहस सुरु


काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार बहस आज बिहान ११ बजेदेखि सुरु भएको हो । यसअघि नै निर्धारण भएको बहसको समयानुसार सरकारी वकिलले तीन दिनमा बहस सकेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले आजदेखि बहस सुरु गरेका हुन् ।

प्रतिवादीतर्फका कानुन व्यवसायीले बहसका लागि छ दिनको समय पाएको सूचना अधिकारी दाहालले बताए । सरकारी वकिलहरुले प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल प्रस्तुत गरेका थिए ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि जारी थुनछेक बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिइने जनाइएको छ । उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ ।

सोमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका तथा फरार रहेकासहित ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार: के नेपालले रणनीतिक सुधार…

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु

दीपक मनाङेको सांसद पद खारेज

काठमाडाैँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ । ज्यान मार्ने

मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो

काठमाडाैँ । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ ।

इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी

मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो

भोजपुर । भोजपुरका किसानलाई अहिले धान रोपाइँको चटारो परेको छ । मनसुनी वर्षा शुरु भएसँगै खेतमा पानी भरिएपछि कृषकहरू बिहानैदेखि

इच्छाअनुसार सन्तान जन्माउन दम्पती अनिच्छुक: संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) को एक प्रतिवेदनले नेपाललगायत विश्वभरका लाखौं दम्पती इच्छाअनुसार सन्तान जन्माउन अनिच्छुक देखिएको जनाएको

Techie IT