Techie IT
२०८२ भदौ २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘नर्सीङ्ग अवार्ड– २०२३’बाट नर्स लक्ष्मी जोशी सम्मानित

‘नर्सीङ्ग अवार्ड– २०२३’बाट नर्स लक्ष्मी जोशी सम्मानित


काठमाडौँ। ‘नाईटेङ्गल नर्सीङ्ग अवार्ड– २०२३’बाट बीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकी छिन्। जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेशनलले संयुक्त रुपमा उनलाई ‘नाइटिंगेल नर्सिङ अवार्ड २०२३’ बाट सम्मान गरिएको हो।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी रहेकी सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेशनलका संस्थापक डा. विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरेका हुन्। अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै जोशीले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताइन्।

उनी विगत २९ वर्षदेखि नर्सिङ पेशामा कार्यरत छिन्। १० जना मनोनित नर्सहरूमध्ये उनलाई अवार्ड प्रदान गरिएको थियो।

फ्लोरेन्स नाइटिंगेलको नामबाट अन्तराष्ट्रिय नर्सिङ दिवस पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सहरुलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गर्दै आएको छ। कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी सामाजिक अभियन्ता अनुराधा कोइरालाले दिनरात नभनी बीरामीको सेवामा लाग्ने नर्सहरुलाई प्रोत्साहन गर्न हेल्थ एट होमले गरेको सम्मान प्रति खुशी व्यक्त गरे।

उनले आगामी दिनमा पनि यस किसिमका प्रोत्साहन मुलक अवार्ड र सम्मान कार्यक्रम जारी राख्न आग्रह गरिन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT