Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपालकाे अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले बढ्ने एडीबीकाे प्रक्षेपण

नेपालकाे अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले बढ्ने एडीबीकाे प्रक्षेपण


काठमाडाैँ । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिबारेको अनुमान परिमार्जन गरेको छ ।

एसियाली विकास बैंकले गएको सेप्टम्बरमा सार्वजनिक गरेको आउटलुकमा यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको थियो । तर आज एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशतले हुने प्रक्षेपण गरेको हो । गएको वर्ष भने नेपालको अर्थतन्त्र १ दशमलव ८६ प्रतिशतले मात्रै बढेको थियो ।

यो वर्ष आन्तरिक खपत बिस्तारै बढेको, जलविद्युत् उत्पादन बढेको र पर्यटन क्षेत्रमा पुनरुत्थान भएको, इन्धनको मूल्य घटेको तथा व्यापार घाटामा कमी र रेमिट्यान्सको वृद्धिले समग्र आर्थिक वृद्धिमा सकारात्मक असर परेको एसियाली विकास बैंकले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ८ पुग्ने एडीबीको अनुमान छ ।

एडीबीका वरिष्ठ आर्थिक अधिकारी मानवर एस खड्काले यस आर्थिक वर्षमा नेपालमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । उनले मलखादको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपदबाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताए । उनले ऊर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गरेको बताए । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा ऊर्जा थपिएको उनले उल्लेख गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहान ११ बजेका लागि

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्‌राईज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्‌राईज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत

Techie IT