Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज पनि हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

आज पनि हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौँ । काठमाडौँ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ ।

बाग्मती, कोशी र गण्डकीका अरु ठाउँमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा दिउँसोपख हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा पनि फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

अहिले प्रिमनसुनको समय भएकाले दिउँसोपख बदली भएर हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना केही दिनसम्म रहीरहने मौसमविद गोविन्द झाले जानकारी दिए । यसैबीच हिजोको वर्षाले काठमाडौँ उपत्यकाको प्रदूषण घटाएको छ ।

वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेपछि प्रदूषण केही कम हुन थालेको हो । केही दिनयता पानी नपर्दा र हावा नचल्दा काठमाण्डौ विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो ।

आज बिहान ६ बजे काठमाडौँ उपत्यकाको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) १५७ मा झरेको छ । हिजो दिउँसोसम्म एक्यूआई दुई सयभन्दा माथि थियो । एक्यूआई दुई सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT