Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक: प्रकाशचन्द्र लोहनी

सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक: प्रकाशचन्द्र लोहनी


काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौँमा स्व. सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्व अर्थमन्त्री लोहनीले अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक रहेको बताए । उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक स्थिरता देशको लागि आवश्यक भएको जानकारी दिए ।

‘‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक छ । त्यो संस्कृतिको आवश्यक छ । एकातिर चीन छ, एकातिर भारत छ, यो दुई वटा देशमा तीन कुराको समानता छ । एउटा समानता यो दुई वटै देशमा पोलिटिकल स्टाबलिटी छ । भारतमा १० वर्ष भयो, एउटा पार्टीले नेतृत्व लिएर शासन गरेको । मान्छेमा आशा जगाउन सकेको छ ।,’’ पूर्व अर्थमन्त्री डा. लोहनीले भने, ‘‘अब हाम्रो दिन आयो भन्ने परेको छ, भारतीयहरूमा ।

चीन आफैँ पनि विश्व शक्ति भयौँ भनेर आएको छ । राजनीतिक स्थिरता भएको देश छ । दुई देशमै राजनीतिक स्थिरता छ । दुवै देशमा आर्थिक विकास तीव्र गतिले भएको छ । भारतमा ७ प्रतिशतको आर्थिक विकास नर्मल भएको छ । ७ प्रतिशतको दरले भारतको आम्दानी अर्को २५ वर्षमा १५ हजार डलर पुग्न सक्छ । दुवै देश आर्थिक रूपमा शक्ति सम्पन्न राष्ट्रको रूपमा गइरहेका छन् । दुवै देशमा राष्ट्रियता असाध्यै शक्तिशाली रूपमा आएको छ ।’’

पूर्व अर्थमन्त्री लोहनीले नेपाल राजनीतिक रूपमा अस्थिर, आर्थिक रूपमा कमजोर र राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताए । उनले कसैले कसैलाई निषेध नगरी राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सहमति हुन जरुरी रहेको जिकिर गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दैलेखको दुल्लुमा नबिल बैंकको २६८औँ शाखा सञ्चालन

काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २६८औँ शाखाको रूपमा दैलेख

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । पार्टी फुटेसँगै पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार काठमाडौँमा क्याफ्टिङ लिडरसिप

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय

शेयर बजारमा गिरावट

काठमाडौँ । आज आइतबार शेयर बजार उच्च अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ५८ अङ्कले

Techie IT