Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिअहिलेको सत्ता समीकरण पूरै अवधि चल्छ: प्रधानमन्त्री

अहिलेको सत्ता समीकरण पूरै अवधि चल्छ: प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता समीकरण पूरै समयावधि चल्ने बताएका छन् । उनले सत्ता समीकरणबारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि आग्रह गरे ।

आइतबार दिउँसो धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेशका सरकार बनाउने चरण पनि अन्तिम चरणमा पुगेकाले अब प्रदेश पनि बलियो भएर अघि बढ्ने बताए । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा नयाँ सरकार गठनको काम चाँडै सकिने अपेक्षा पनि गरे ।

प्रधानमन्त्रीले विगतका तुलनामा नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न तरिकाले वैज्ञानिक र जनमैत्री आउने बताए । उनले सरकार लगानी सम्मेलनको तयारीमा पनि जुटेको बताउँदै लगानी मैत्री वातावरणका लागि एक दर्जन ऐन अध्यादेशबाट परिवर्तन गर्ने तयारी भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकार जलवायु परिवर्तनको समस्यालाई ध्यानमा राखेर पहाडी मुलुकहरु सहभागी हुने पर्वतीय सम्मेलनको तयारीमा रहेको पनि जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा पहिलो पटक कतारका राजा अमिर नेपाल आउन थालेकोमा खुसी प्रकट गर्दै उनको स्वागतका लागि अन्तिम तयारी भइरहेको पनि बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT