Techie IT
२०८३ असोज १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठ ∕ राजनीति ∕ एमालेले ७५ औं स्थापना दिवस मनाउँदै, पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान गरिने

एमालेले ७५ औं स्थापना दिवस मनाउँदै, पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव सम्मान गरिने


काठमाडौँ । नेकपा एमालेले आज ७५ औं स्थापना दिवस मनाउँदै छ । यस अवसरमा गणतन्त्र गौरव सम्मान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदान गरिने भएको छ ।

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज गणतन्त्र गौरव सम्मान अर्पण गर्ने निर्णय गरेको हो । यसैबीच एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दुई दिन आयोजना गरिएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ ।

त्यसैगरी, केन्द्रीय निकायहरू सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रतिवेदनहरू पनि सर्वसम्मत रूपमा पारित भएका छन् । बैठकको पहिलो दिन प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए भने दोस्रो दिन ६ वटा समूहमा प्रतिवेदनहरू र पार्टीको संगठन सुदृढीकरण सम्बन्धी विषयहरूमा छलफल गरी आवश्यक सुझाव संकललन गरिएको थियो ।

उक्त बैठकले १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ । बैठकले सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन माग गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT