गृहपृष्ठ ∕ खेल ∕ एआईपीएस एसियाको कंग्रेस नेपालमा हुनेएआईपीएस एसियाको कंग्रेस नेपालमा हुने नेपालीपत्र बिहीबार, २०८१ वैशाख २० गते, १४:३२ मा प्रकाशित खेल काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ ।स्पेनको सान्ता सुसानामा बसेको एआईपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले कंग्रेस आयोजनाको जिम्मा पाएको हो । बैठकमा नेपालसँगै मलेसिया र कीर्गिस्तानका तर्फबाट दाबी पेस गरिएको थियो ।नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् २०१६ मा एआईपीएस एसियाको केन्द्रीय कार्यसमितिको बैठक आयोजना गरेको थियो ।एआईपीएस एसियाको कंग्रेस आयोजनाको नेपालले पाएको यो पहिलो अवसर हो । एआईपीएस एसियाको कंग्रेसमा ३० बढी एसियाली राष्ट्रका खेलकुद पत्रकार उपस्थित हुनेछन् । अरू पाहुना राष्ट्रका पत्रकार पनि सहभागी हुने जनाइएको छ ।यस्तै, अर्को वर्षको कंग्रेस आयोजना गर्ने जिम्मा हङकङ स्पोर्ट्स प्रेस एसोसिएसनलाई दिइएको छ । #एआईपीएस एसियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौंधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal