Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थसन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन


काठमाडौँ । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।

रेमिट डिम्याट खाताको माध्यमबाट विदेशमा बस्ने नेपालीलाई नेपालको पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजीवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यका लागि सहजीकरण गर्ने कम्पनीको विश्वास छ ।

यस सेवाको माध्यमबाट विदेशमा रहेका नेपालीले नेपालको पूँजी बजारमा लगानी गर्न सहयोग पुग्ने विश्वाससहित यो सेवाको सुरुवात गरिएको सन सेक्युरिटिजले जनाएको छ ।

‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’ अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीका लागि सञ्चालन गरिएको रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिक, विद्यार्थी तथा अन्य पेसामा आबद्ध नेपालीले समेत खोल्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीको वेबसाइट www.sunsecurities.com बाट ओपन एकाउन्टमा गएर वा सिधा https://www.sunsecurities.com/portal.html बाट रेमिट डिम्याट खाता छनोट गरी आवश्यक कागजात संलग्न गरी खाता खोल्न सकिन्छ ।

यसैगरी सन सेक्युरिटिजका कर्मचारीसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाईसी भेरिफाइ गर्न सक्ने वा स्वयंले भिडियो केवाईसीमा दिइएको निर्देशन पालना गरी भिडियो केवाईसी भेरिफाइ गरेर पनि खाता खोल्न सकिने छ ।

निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध ग्राहकका लागि बैंक वित्तीय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिस्ट्रेसन तथा कनेक्ट आईपीएस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको कम्पनीले जनाएको छ । जसबाट ग्राहकले एकद्वार प्रणालीबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

यस रेमिट डिम्याट खाताको माध्यमबाट विदेशमा रहेर नेपालको पूँजी बजारमा उचित ढंगबाट लगानी गर्न सके विदेशमा आर्जन गरेको रकमबाट हुने बचतबाट भविष्यमा आर्थिक रूपले आत्मानिर्भर र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनीको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT