Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालएम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते


बुटवल । बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली छन् भने बुटवल ११ कै ५५ वर्षिय हरिकला नेपाली र ३५ बर्षिय झुपा ठडराई घाइते भएका छन् ।

अर्घाखांचीबाट बिरामी लिएर बुटवल तर्फ आउदै गरेको जिल्ला अस्पताल अर्घाखांचीको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै उनीहरु ३ जनालाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिव ५ बजे बाटोमा हिँडिरहेका उनीहरुलाई एम्वुलेन्सले ठक्कर दिएपछि घाइते भएका थिए ।

घाइतेहरुको स्थानीयले उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल पुर्‍याएकोमा एक जनाको बिहान ५।३४ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने एम्वुलेन्स र चालक अर्घाखाँचीको पाणीनी गाउपालिका ७ का नारायण बहादुर गव्तार मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT