गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टिइरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि नेपालीपत्र सोमबार, २०८१ जेठ ७ गते, ११:५२ मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबारदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकोप्टर पूरै जलेको अवस्थामा आज बिहान फेला परेको थियो ।हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपति, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत सबै जनाको निधन भएको त्यहाँको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ । इरानी राष्ट्रपति चढेको हेलिकप्टर हिजो कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो ।दुर्घटना लगत्तै उद्धार टोली परिचालन गरिएको थियो । तर खराब मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो । अहिले पनि दुर्घटनास्थल पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा मौसम खराब छ । दुर्घटना वारजाघन शहर नजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ ।राष्ट्रपनि रैसीले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर हिजो दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए । #इरान #राष्ट्रपतिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ४ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ५ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ६ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ७ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैThe Film Nepal