अवरोधको बीच विश्वासको मत लिँदै प्रधानमन्त्री (लाइभ)
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीको बीचमा प्रतिनिधिसभाको बैठक चलिरहेको छ ।
आजको बैठकको सुरुमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरु गरेका हुन् ।
बेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदहरूलाई मर्यादापालकले घेरे । सभामुखले प्रतिपक्षीलाई पेलेरै कारबाही शुरु गरे । उनले विश्वासको मत माग्न प्रधानमन्त्रीलाई रोस्ट्रममा बोलाए ।
प्रधानमन्त्रीले यो सरकारले धेरै राम्रा काम गरेको केही कुरा राखेर विश्वासको मत मागे । त्यसपछि विश्वासको मतको समर्थन गर्दै एमालेका विष्णु पौडेलले पनि सत्ता नपाएकोले कांग्रेस अत्तालिएर संसदमा अनैतिक र गैरराजनीतिक क्रियाकलाप गरिरहेको आरोप लगाए ।
अहिले सदनमा प्रतिपक्षको नाराबाजी र अर्कोतिर विश्वासको मत लिने प्रक्रिया चलिरहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद