Techie IT
२०८२ भदौ २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिशेखर कोइरालाको प्रश्नः विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई कानुन लाग्छ कि लाग्दैन ?

शेखर कोइरालाको प्रश्नः विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई कानुन लाग्छ कि लाग्दैन ?


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगी लगायतका विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई कानुन लाग्छ कि लाग्दैन ? भनेर प्रश्न गरेका छन् ।

बिहीबार प्रेस युनियन कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई किन कारबाही भएन भनेर प्रश्न गरेका हुन् । नेता कोइरालाले भने, ‘देशमा कानुन छ । दुईवटा नागरिकता र पासपोर्ट भएका गृहमन्त्रीलाई त्यो कानुन लाग्दैन ?’

नेता कोइरालाले गृहमन्त्री भएकै कारण लामिछानेले सहकारी ठगीबाट उन्मुक्ति पाउन नसक्ने कांग्रेसको निष्कर्ष रहेको बताए । ‘गृहमन्त्री भएको नाताले उहाँलाई सहकारी ठगीबाट उन्मुक्ति दिने ? त्यो हुन सक्दैन’ उनले भने, ‘ठगीबाट उहाँले उन्मुक्ति पाउन सक्नु हुन्न भन्ने नेपाली कांग्रेसको ठहर छ ।’

सहकारीका सम्बन्धमा लामिछानेले केही नगरेको भए गृह मन्त्रालय छाडेर अर्को मन्त्रालय रोज्नुपर्ने उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT