गृहपृष्ठ ∕ अर्थ ∕ बजेट निर्माणको काम अन्तिम चरणमा: अर्थमन्त्री पुनबजेट निर्माणको काम अन्तिम चरणमा: अर्थमन्त्री पुन नेपालीपत्र आईतबार, २०८१ जेठ १३ गते, १६:०२ मा प्रकाशित अर्थ | नेपाल काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पुनले योजना आयोगले तोकेको १८ खर्बको सिलिङभित्र नै बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका हुन् । कुनै मन्त्रालयले दबाब दिएको वा हस्तक्षेप गरेको विषयमा सत्यता नभएको उनले जिकिर गरे ।त्यस्तै मन्त्री पुनले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदबाटै शान्तिपूर्ण रूपमा बजेट प्रस्तुत गर्ने तयारी भएको भन्दै प्रतिपक्षी दलले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षी दलले उठाएका मागलाई सम्बोधन गर्ने गरी सरकारले छलफल अघि बढाइसकेको अवस्थामा आन्दोलनलाई निरन्तरता दिनु जायज नभएको बताए ।मन्त्री पुनले संसदमा निरन्तर अवरोध गर्नु लोकतन्त्रका लागि शोभनीय विषय नभएको प्रतिक्रिया दिए । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माणलमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी भारतबाट बिजुली आयातको समय थप चार घण्टा बढ्योकाठमाडाैँ । भारतबाट नेपाल आउने बिजुलीको समय चार घण्टा थप भएको छ । भारतको इन्डियन एक्सचेञ्ज मार्केट (आईएक्स) मार्फत बिहान राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुतकाठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम ‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिककाठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देलकाठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौताकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिसधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते ५ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी ६ विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण ७ अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालयThe Film Nepal