Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगिरिबन्धु टी–स्टेट प्रकरणमा कांग्रेसले पार्टी र अध्यक्षमाथि षडयन्त्र गर्योः योगेश भट्टराई

गिरिबन्धु टी–स्टेट प्रकरणमा कांग्रेसले पार्टी र अध्यक्षमाथि षडयन्त्र गर्योः योगेश भट्टराई


काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले झापामा रहेको गिरिबन्धु टी–स्टेट प्रकरणमा नियोजित ढंगले कांग्रेसले मुद्दा उठाउन खोजेको आरोप लगाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले गिरिबन्धु टीको विषयलाई उठाएर कांग्रेसले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले षडयन्त्र गरेको आरोप लगाए ।

कांग्रेसले गिरिबन्धु टि स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिनको माग गर्दै आएको छ । नेता भट्टराईले जुनसुकै कालखण्डका विषयमा छानबिन गर्न एमाले तयार रहेको जिकिर गरे ।

‘आज गिरिबन्धुको कुरा उठाइएको । यसमा हामीलाई केही आपत्ती छैन । सर्वोच्च अदालतको आदेशअनुसार संसदले कानुन बनायो । कानुन कार्यान्वयनका क्रममा भएका कमीकमजोरीलाई अदालतले केही कुरा औंल्याएको छ । त्यस कुराको हामी सम्मान गर्छौं,’ उनले भने, ‘हाम्रो पार्टीमाथि, हाम्रो अध्यक्षमाथि नियोजित ढंगले हस्तक्षेप, प्रचार गर्ने, आरोप लगाउने खालको जुन खालका षडयन्त्र भएका छन् । म भन्न चाहन्छु २०४६ सालपछि अथवा अगाडि कुनकुन बेलाको छानबिन गर्नुपर्ने हो । एनसेलको गर्ने हो कि ,टेरामिक्सको गर्ने हो कि, बालुवाटार जग्गाको गर्ने हो । कहाँ कहाँको गर्ने हो । प्रत्येक छानबिनका लागि नेकपा एमाले तयार छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT