Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसभामुख र लिङ्देनबिच दोहोरी चलेपछि प्रतिनिधि सभा बैठक स्थगित

सभामुख र लिङ्देनबिच दोहोरी चलेपछि प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौँ । सभामुख देवराज घिमिरे र राप्रपाका सांसद राजेन्द्र लिङ्देनबीच बैठकमा दोहोरी चलेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा नभएको भन्दै आफ्नो कुरा कसलाई सुनाउने भन्दै सांसद लिङ्देनले सभामुखलाई प्रश्न गरेका थिए । सो समयमा अर्थमन्त्री वर्षमान पुन राष्ट्रिय सभा बैठकमा जवाफ दिन गएका थिए ।

आफ्नो कुरा सुन्ने कोही नभएकोले नबोल्ने भनेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । त्यसपछि सभामुखले समय थप्न सकिने भने पनि लिङ्देन बोल्न चाहेनन् । त्यस क्रममा सभामुख र लिङ्देनबिच दोहोरी नै चल्यो ।

त्यसपछि सत्ता पक्षका सांसद दयालबहादुर शाहीले उठेर सभामुखसँग दोहोरी नखेल्न लिङ्देनलाई आग्रह गरे । त्यसपछि राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको दलको नेताले अर्थमन्त्री खोज्नु दोहोरी हुन्छ ? भनेर प्रश्न गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले लिङ्देनलाई बस्न आग्रह गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा एकैपटक भएकाले अर्थमन्त्रीले अर्को बैठकमा जवाफ दिइरहेकाले यस्तो अवस्था आएको जानकारी दिइन् । उनले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

नेपालका मुल संकटहरु, सबैको मूल जड नै नैतिकताको अभाव

नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

Techie IT