Techie IT
२०८२ असार ९, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमधेशको मुख्यमन्त्रीका लागि जनमतका सतिश सिंहको दाबी पेश

मधेशको मुख्यमन्त्रीका लागि जनमतका सतिश सिंहको दाबी पेश


काठमाडौँ । मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गरेका छन् ।

शुक्रवार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उनले दाबी पेश गरेका हुन् । उनले ५५ जना सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

१०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । त्यस्तै संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक÷एक सांसदहरुले पनि सत्ता गठबन्धनलाई साथ दिएका छन् ।

दलहरुबीच भएको सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ । नेकपा माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा एकीकृत समाजवादीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा तथा सिँचाइ मन्त्रालय दिने सहमति भएको छ ।

त्यस्तै जनमत पार्टीलाई वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ । १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानून र नगरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ । मुख्यमन्त्री सिंहले आज सवा १२ बजे शपथग्रहण गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एक वर्षभित्र उपयोगमा ल्याउने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको…

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका

वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम

काठमाडाैँ । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT