Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजसपा नेपालले सहमतिबाट पदाधिकारी छान्ने

जसपा नेपालले सहमतिबाट पदाधिकारी छान्ने


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पदाधिकारी चुनावबाट नभइ सहमतीय आधारमा गर्ने भएको छ ।

बिहीबार मध्यान्ह चुनाव गर्ने कार्यतालिका थियो । तर, केहीबेरअघि अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने प्रक्रिया स्थगित गराएका हुन् । सोही अनुसार बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी मनोनयन भएको थियो । जसपा नेपालको ११३५ प्रतिनिधि सहभागी छन् ।

चुनाव गर्ने भनेपछि उम्मेदवारहरुले महाधिवेशनस्थल धनुषामा व्यापक प्रचार–प्रसार गरेका थिए । तर, चुनाव सुरु हुनु केहीबेरअघि मात्र यो प्रक्रियाबाट उपेन्द्र पछि हटेका छ्न् । अन्य कसैको उम्मेदवारी नपरेपछि उनी बुधबार नै अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् । तर, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

भोटिङ गर्ने प्रक्रियामा नगएर सहमतिबाट निर्णय गर्ने निर्णय भएपछि अहिले उपेन्द्रले आफूसहितको टीम बनाइरहेका छन् । त्यसले १९ पदाधिकारीसहित २०१ केन्द्रीय सदस्य चयन गर्न सहमती जुटाउनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

Techie IT