Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलच्याम्पियन्स लिगको उपाधिका लागि म्यान्चेस्टर सिटी र इन्टर मिलान भिड्दै

च्याम्पियन्स लिगको उपाधिका लागि म्यान्चेस्टर सिटी र इन्टर मिलान भिड्दै


एजेन्सी । च्याम्पियन्स लिगको फाइनल आज हुँदैछ । उपाधिका लागि इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । टर्कीको इस्टानबुलस्थित अतातुर्क ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

उच्च लयमा रहेको म्यान्चेस्टर सिटी आजको फाइनल जित्दै ट्रेबल उठाउने दाउमा रहेको छ । उसले प्रिमियर लिग र एफए कपको उपाधि जितसिकेको छ । आजको फाइनल जितेमा सिटीले एकै सिजनमा तीन ठूला उपाधि जित्नेछ । सिटीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जितेको छैन । तसर्थ सिटी एकैपटक पहिलो च्याम्पियन्स लिग ट्रफि र ट्रेबल उठाउने दाउमा छ ।

अर्कोतर्फ इन्टर मिलाल १३ वर्षपछि उपाधि जित्ने रणनीतिमा छ । उसले पछिल्लो पटक २०१० मा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै समग्रमा तेस्रो पटक उपाधि उचालेको थियो । तुलनात्मक रुपमा इन्टरभन्दा सिटी बलियो देखिए पनि फाइनलमा नतिजा अनपेक्षित पनि निस्कन सक्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

Techie IT