Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ

कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ


काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारीको रकम घोटालामा संलग्न भएको आरोपमा पक्राउ गरेर उनीहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तेजबिक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् ।

सहकारीका ५६६ जना बचतकर्ताले उनीहरूविरुद्ध उजुरी दिएका थिए ।

२ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा पनि यो सहकारीको नाम समावेश छ । संसदीय समितिको कार्यदेशको अनुसूची १ मा योसहित २० वटा सहकारीको नाम छ । जहाँ समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीलाई समावेश गरिएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोबाइल फोन, पेन ड्राइभ, केही चेक र कारसहितका सामाना बरामद भएको जनाएकोछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT