गृहपृष्ठ ∕ नेपाल ∕ ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ नेपालीपत्र सोमबार, २०८१ असार ३ गते, १६:११ मा प्रकाशित नेपाल काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६ किलो सुनसहित काठमाडौँबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेका सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।पक्राउ परेका गुरुङको घरबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ । प्रहरीले उनको कोठाबाट सोनाम गुरुङ नाममा रहेको नेपाली नागरिकतासमेत बरामद गरेको छ ।पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीकै व्यक्ति रहेको सीआईबीले जनाको छ । तर कपनबाट अहिले बरामद भएको सुन यसअघिको ६० किलो प्रकरण र विद्युतीय चुरोट (भेप)मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।सीआईबीले अहिले भेपमार्फत तस्करी भएको नौ किलो सुन र राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । दुई वटा प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ । #सीआईबीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्यबागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ५ न्युजिल्याण्डविरुद्ध ७ विकेट लिएका शमीले आफ्नो सफलताबारे यसो भने ६ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ७ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनThe Film Nepal