Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंसद भवनभित्र प्रहरी जवानले आफै गोली हानी आत्महत्या गरे

संसद भवनभित्र प्रहरी जवानले आफै गोली हानी आत्महत्या गरे


काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए । ‘शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो,’ प्रवक्ता कार्कीले भने, ‘उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।’ उनका अनुसार गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने उनले गोली हानेर आत्महत्या गरेको बताए ।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार आज बिहान उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो । उनले करिब ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले निधारमा गोली हानेका थिए । उनी संसद भवनको दुई नम्बर गेटको वायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर मृत फेला परेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT