Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालखाडाँचक्रका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले दिए राजीनामा

खाडाँचक्रका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले दिए राजीनामा


काठमाडौँ । कालिकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखापाल धिर बहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

उनीहरूले बुधवार जिम्मेवारीबाट राजीनामा दिएका हुन् । जनप्रतिनिधिको दबाब र काम गर्न सक्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । लेखापाल शाहीले भने, ‘बजेट एउटै छ । एउटै बजेटलाई कता कति तान्ने रु करारका कर्मचारीले पुसदेखि तलब पाएका छैनन् । अर्को तोक लागेका योजनाको पनि भुक्तानी दिनुपर्ने । दुवै काम एउटै बजेटबाट गर्न सक्ने अवस्था रहेन र जिम्मेवारीबाट राजीनामा दिएको हुँ ।’

लेखापाल शाहीले यसबारे नगरप्रमुख कमल बहादुर शाहीलाई पनि पटक पटक जानकारी गराएका थिए । कार्यपालिकाको बैठकमा पनि यो विषय जानकारी गराएको लेखापाल शाहीले बताए । तर, समस्याको समाधान नभएपछि राजीनामा दिएको उनको भनाइ छ । गत जेठ २ गते नै राजीनामा दिने तयारीमा रहेका लेखापालले बुधवार निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंगसँगै राजीनामा दिएका हुन् ।

गैरकानूनी रूपमा भुक्तानी दिन बाध्य बनाउने, योजनामा काम गरेर खर्च गरिसक्ने समयमा योजना बाँडफाँड गर्ने, बजेट र रकम बिनै आफ्ना कार्यक्रमलाई सिफारिस गर्न बाध्य पार्ने जस्ता कार्यहरू गर्न नसकिने भएपछि उनीहरूले राजीनामा दिएको बताइएको छ । आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जिम्मेवारीबाट बाहिरिएपछि उपभोक्तादेखि सेवाग्राहीसम्म प्रभावित भएका छन् ।

नगरप्रमुख कमल बहादुर शाहीले कर्मचारीहरूको राजीनामा बारे बुझ्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले भने, ‘यो बुझ्न बाँकी छ । अहिले कार्यपालिकाको बैठक चलिरहेको छ । यो बारे बुझ्न बोलाएको छु । म बुझ्छु ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT