Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थसिजी मोबाइलले नेपाली बजारमा ल्यायो नथिङका नयाँ स्मार्ट वाच र एयरबड

सिजी मोबाइलले नेपाली बजारमा ल्यायो नथिङका नयाँ स्मार्ट वाच र एयरबड


काठमाडौँ । नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले ‘बड्स प्रो इयरबड र ‘वाच प्रो’ स्मार्टवाच सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले दुबै उत्पादनमा ५०० रुपैयाँ छुट दिएको छ । वाच प्रोको बजार मूल्य ११ हजार ९९९ रहेकोमा ग्राहकले ११ हजार ४९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् । त्यस्तै आठ हजार ९९९ बजार मूल्य रहेको बड्स प्रो इयरबड आठ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

कस्तो छ वाच प्रो ?

१.९६ इन्च एमोलेड डिस्प्ले रहेको यो स्मार्टवाचको रेजोलुसन ४१०*५०२ पिक्सेल रहेको छ । यसमा ६०० निट्स ब्राइटनेस पाउन सकिन्छ भने ५८ एफपीएसको रिफ्रेश रेट रहेको छ ।

ब्लुटुथ कलिङ सुविधा भएको यो स्मार्टवाचमा एआई न्वाइज रिडक्टसन फिचर दिइएको छ । ब्लुटुथ कल मात्र गर्ने हो भने यसको ब्याट्री १८ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ । ३४० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाच सामान्य प्रयोगमा १३ दिनसम्म टिक्ने बताइएको छ ।

यसमा भ्वाइस असिस्टेन्ट, माइक्रोफोन र स्पिकर पनि समावेश छ । यो स्मार्टवाचमा स्याटलाइट पोजिसनिङ सिस्टम जीपीएस पनि दिइएको छ ।

स्लिप, स्ट्रेस र एसपीओटु समेत मनिटर गर्न सक्ने यो स्मार्टवाचमा ११० ओटा स्पोर्ट्स मोडहरू रहेका छन् ।

कस्टम डिजाइन राख्न सकिने यो स्मार्टवाचले आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ पाएको छ । अलवेज अन डिस्प्लेको सुविधा रहेको यो स्मार्टवाचमा हेल्थ मनिटरिङ सिस्टम पनि छ । त्यस्तै यसमा मौसम पूर्वानुमान, फाइन्ड माई डिभाइस, फाइन्ड माई वाच, क्यामेरा कन्ट्रोल, फ्ल्याश लाइट, फोन म्युजिक कन्ट्रोल लगायतका फिचर पाउन सकिन्छ ।

सीएमएफ बड्स प्रो

यस इयरबडमा ४५ डेसिबलको हाइब्रिड एक्टिभ न्वाइज क्यान्सिलेसन र विन्ड न्वाइज रिडक्सनको सुविधा छ । इयरबडमा टच कन्ट्रोल सेन्सर पनि छ । यसबाट कल उठाउन, काट्न र म्युजिक फर्वार्ड गर्न सकिन्छ ।

अल्ट्रा बेस प्रविधि राखिएको यो इयरबड्स १० मिनेट चार्ज गर्दा पाँच घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । एक पटकको फुल चार्जमा यसलाई ३९ घण्टा प्रयोग गर्न सकिने बताइएको छ ।

स्पष्ट आवाजका लागि यसमा छ ओटा एचडी माइक र क्लियर भ्वाइस प्रविधि राखिएको छ । ब्लुटुथ ५.३ भर्सनमा आधारित यो इयरबडले आईपी ५४ रेटिङ पाएको छ ।

च्याटजीपीटी समेत समावेश रहेको सीएमएफ बड्स प्रोमा एआईसँग कुरा गर्न र एआईले भनेका कुरा सुन्न सकिन्छ । गुगल फास्ट पेयर, माइक्रोसफ्ट स्विफ्ट पेयर र इन-इयर डिटेक्सनको विशेष सुविधा पनि यसमा पाउन सकिन्छ । यो इयरबड प्रयोग गर्न नथिङ एक्स एप इन्स्टल गर्नुपर्ने हुन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT