Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालडा. हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान

डा. हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान


लमजुङ । भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न रु १५ लाख प्रदान गरिएको छ ।

मस्याङ्दी गाउँपालिका–७ मा उनको स्मृतिमा उद्यान निर्माण गर्न शनिबार सोही पालिकाको ताङ्लीचोकस्थित डा हर्कको समाधीस्थलमा एक कार्यक्रम आयोजना गरी उक्त रकम बराबरको चेक एचएबीसीका अध्यक्ष दलबहादुर गुरुङले डा. हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई हस्तान्तरण गरे।

चेक हस्तान्तरण गरेपछि समाजका अध्यक्ष गुरुङले प्रतिष्ठानका नाममा सन् २०२३ डिसेम्बर ११ मा बेलायतमा ‘च्यारिटी’ शो गरेर प्रतिष्ठानका लागि उक्त रकम सङ्कलन गरिएको बताए ।

प्रतिष्ठानका अध्यक्ष गुरुङले उद्यान निर्माणका लागि १५ देखि २५ रोपनी जग्गा आवश्यक परेको बताए । प्रतिष्ठानका अनुसार बेलायतमा रहेको उक्त संस्थासहित चारवटा संस्थाबाट हालसम्म रु २७ लाख ५० हजार प्राप्त भएको छ । स्वदेश र विदेशबाट गरी हालसम्म रु ४० लाख सहयोग प्राप्त भएको छ ।

विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा २०६३ साल असोज ७ गते शनिबार ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा. गुरूङसहित २४ जनाको मृत्यु भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

Techie IT