Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘बलिदान’को लागि साउथका द्वन्द्व निर्देशक र छायाकार ल्याइयो

‘बलिदान’को लागि साउथका द्वन्द्व निर्देशक र छायाकार ल्याइयो


काठमाडौँ । गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशमा आधारित नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको लागि तयार भएको छ ।

यसका निर्देशक सन्तोष सेनले यस चलचित्रको कथालाई ‘महाकथा’ भन्दै यसको लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताउँछन् । उनी महिनौँ देखि कहिले छायाङ्कन स्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागि पूर्वी नेपालको विराटनगर र इटहरी क्षेत्रमा त कहिले दक्षिण भारतमा त्यहाँको चलचित्र उद्योगका प्राविधिकहरूसँग छलफलमा डटिरहेका छन् । नेपालमा यस किसिमको चलचित्र उत्पादन ऐतिहासिक र युगान्तकारी साबित बनाउन निर्माण टिम ठुलो मेहनत र लगानी खर्चेर प्रि-प्रोडक्सन रहेको छ ।

सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’का लागि दक्षिण भारतका सयौँ करोडका प्रख्यात चलचित्रहरू बनाइसकेका चर्चित द्वन्द्व निर्देशक, छायाकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याएको छ । जसमा, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिमले ‘बलिदान’मा काम गर्नेछन् ।

द्वन्द्व निर्देशक सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’, चियान विक्रमको चलचित्र ‘थङ्गलम’ लगायतमा काम गरिसकेका छन् । छायाकार ऋषि गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘बाटो: रोड टु डेथ’का छायाकार हुन्। हाल नेपालमा उनको छायाङ्कनको खुलेरै तारिफ भइरहेको छ। त्यस्तै, उनले दक्षिण भारतमा चर्चित चलचित्रहरू सुपरस्टार रजीनिकान्थको चलचित्र ‘पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको चलचित्र ‘आचार्य’को छायाङ्कन टिममा रहेर काम गरेका छन् ।

यसका साथै छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले बताए । उनले भने, “हामीले बलिदानलाई उच्चस्तरीय नेपाली चलचित्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रण गरेका छौँ। यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्दैछौँ। यो एक सामान्य चलचित्र मात्र नभएर नेपाली चलचित्र उद्योगका लागि एक ऐतिहासिक, क्रान्तिकारी र महान् चलचित्रको ढोका खोल्ने कोशेढुङ्गाका रूपमा साबित गराउनेछौँ ।’

बलिदानको छायाङ्कनको लागि इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ । साथै, विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम लगभग अन्तिम चरणमा रहेको सह निर्माता प्रेम पुरीले बताए । यसको करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ ।

‘बलिदान’को प्रमुख भूमिकामा नेपाली चलचित्रका एक्सन अभिनेता बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दैछन् । एक ‘प्याकेज हिरो’को सम्भावना बोकेका भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । यस चलचित्रमा अभिनेता त्रय सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि प्रमुख अभिनय रहनेछ ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT