गृहपृष्ठ ∕ नेपाल ∕ निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवानिलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा नेपालीपत्र सोमबार, २०८१ असार १० गते, १२:१२ मा प्रकाशित नेपाल काठमाडौँ । सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको हो ।मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा दायर भएपछि स्वतः निलम्बित भएको र अहिलेलाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।अख्तियारले हिजो मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । #डा. वैकुण्ठ अर्याल #सरकारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देलकाठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौताकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरणकाठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरीकञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् । अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालयइलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरम्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएकाधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ५ श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ ६ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु ७ बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भरThe Film Nepal