Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थधितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सिफारिस समितिको बैठक निष्कर्षविहीन

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सिफारिस समितिको बैठक निष्कर्षविहीन


काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिको बुधबारको बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार महान्यधिवक्ताको कार्यालयबाट समितिले नै निर्णय गर्नुपर्ने भन्ने राय आएपछि बुधबार बसेको समितिको बैठकले पनि निष्कर्ष निकाल्न नसकेको हो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले असार २ गते सिफारिस समिति गठन गरेको थियो । समितिले पहिलो पटक अन्तवार्ताका लागि छनौट भएका ५ जनालाई बोलाएको थियो । जसमा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र अर्का उम्मेदवार सन्तोष श्रेष्ठमात्रै उपस्थित भएपछि समितिले असार ५ गते पुनः दोस्रो पटक अन्तर्वाताका लागि बोलाएको थियो ।

दोस्रो पटक पनि ३ जना अनुपस्थित भएपछि समितिले महान्यधिवक्ताको कार्यालयामा रायका लागि पत्राचार गरेको थियो। कानुनतः सिफारिस समितिले ३ जना सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

अन्तर्वातामा नै दुई जना मात्रै उपस्थित भएपछि सिमितिले सिफारिस गर्न सकेको थिएन । मंगलबार महान्यधिवक्ताको कार्यालयले अर्थमन्त्रालयलाई पत्राचार गर्दै दुई जना वा सो अन्तवार्तामा नआएका तर अंकको आधारमा अगाडि रहेकाको नाम समेत संलग्न गरेर सिफारिस गर्न सक्ने राय दिएको थियो ।

महान्यधिवक्ताको अन्यौलपूर्ण राय पछि समितिले आजको बैठकमा निष्कर्ष निकाल्न नसकेको हो । स्रोतका अनुसार अर्थमन्त्री वर्षमान पुन प्रकृया रद्द गर्न लागि परेका छन् ।

तर, सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही समितिबाट सिफारिस गर्नुपर्ने अडानमा देखिएपछि समिति दबाबमा परेको स्रोतको दाबी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT