Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालगिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीमा फोटो प्रदर्शनी

गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीमा फोटो प्रदर्शनी


काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो प्रदर्शनीको अवलोकन गरेका छन् ।

फोटो प्रदर्शनीमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई राखिएको छ ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी समुन्नतिको दोस्रो जग भन्ने शीर्षकमा छलफल काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ। कार्यक्रममा ‘फोटो पत्रकारितास् जोखिम र अनुभव’ शीर्षकमा फोटो पत्रकार गोपाल चित्रकार, मीन रत्न बज्राचार्य, विकास रौनियार, चन्द्रशेखर कार्की, प्रकाश माथेमा, विकास कार्की लगायतका फोटो पत्रकारहरुले पनि बोल्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT