Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालपश्चिम नेपालमा मनसुन निष्क्रिय, पूर्वी नेपालमा सक्रिय

पश्चिम नेपालमा मनसुन निष्क्रिय, पूर्वी नेपालमा सक्रिय


काठमाडौँ । पश्चिम नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको छ । त्यहाँ विगत १२ घण्टादेखि वर्षा पनि कम भएको छ ।

कञ्चनपुरको दोधारा, हनुमाननगर लगायत स्थानमा दुई दिनसम्मको वर्षाले सबै ‘रेकर्ड’ तोडेको थियो । वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको छ । त्यहाँ सुरक्षाकर्मी र स्थानीय प्रशासन बाढी पीडितलाई राहत वितरण र व्यवस्थापनको काममा सक्रिय छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सन्जिव अधिकारी मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतिर रहँदा भएको अति भारी वर्षाले सुदूरपश्चिमका जिल्लाहरु प्रभावित भएको बताउँछन् ।

‘अहिले भने पश्चिम नेपालबाट मनसुन न्यूनचापीय रेखा थोरै दक्षिणतिर सरेकाले वर्षा रोकिएको छ,’ मौसमविद् अधिकारीले भने, ‘विगत १२ घण्टादेखि पश्चिम नेपालमा वर्षा नै नभएको अवस्था छ ।’

उनका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–दुई दिनलाई भारी वर्षा हुने देखिंदैन । ‘मनसुनको बेला छ, पानी त पर्छ तर कर्णाली र सुदूरपश्चिममा एक–दुई दिनलाई भारी वर्षा हुने देखिँदैन,’ उनले भने, ‘हल्कादेखि मध्यमसम्म मात्र सीमित हुने देखिन्छ ।’

मौसमविद् अधिकारीका अनुसार सोमबार रातितिर कर्णालीका एक दुई स्थानमा छिटफुट वर्षा भएको देखिएको छ । लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

पूर्वी नेपालका भूभागमा भने मनसुनको न्यूनचापीय रेखा सरदर र सरदर स्थानभन्दा थोरै माथि रहेकाले केही स्थानहरुमा मध्यमदेखि भारी वर्षा भएको छ ।

पश्चिम नेपालमा आगामी दुई दिन मनसुन निष्कृय रहे पनि मध्य र पूर्वी नेपालमा सक्रिय रहने पूर्वानुमान छ । ‘आगामी बुधबार र बिहीबार मध्य र पूर्वी नेपालका भूभागमा मनसुन थोरै सक्रिय रहने देखिन्छ,’ मौसमविद् अधिकारीले भने ।

कोशी प्रदेशको सुनसरी जिल्लाका थोरै स्थानहरुमा गएराति धेरै भारी वर्षा भएको छ । आज बिहान भने बागमती, गण्डकी र कोशीका अरु धेरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ । मधेशका थोरै स्थानमा पनि भारी वर्षा भएको छ । आज बिहान धनुषा, सर्लाही जिल्लाको आसपासमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश र गण्डकी प्रदेशसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ । तर भारी वर्षाको सम्भावना भने छैन । आज बिहान पनि काठमाडौंका थोरै भूभागहरुमा वर्षा भएको छ ।

आज दिउँसो र भोलि (बुधबार) पनि काठमाडौंमा वर्षाको पूर्वानुमान छ । ‘काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने, झरी पर्ने सम्भावना छैन, तर हल्कादेखि मध्यम किसिमको पानी पर्ने सम्भावना छ,’ मौसमविद अधिकारीले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT