Techie IT
२०८२ भदौ १०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालचितवनको पहिरोमा बेपत्ता बस र यात्रुको खोजी हुँदै

चितवनको पहिरोमा बेपत्ता बस र यात्रुको खोजी हुँदै


काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुई वटा बस र त्यसमा रहेका यात्रुको खोजी भइरहेको छ । पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका प्रहरीको प्रारम्भिक अनुमान छ । तर यकिन विवरण थाहा भैनसकेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले उज्यालोलाई जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय

Techie IT