Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थसीजीले दियो नेपाली क्रिकेट टिमलाई १० लाख

सीजीले दियो नेपाली क्रिकेट टिमलाई १० लाख


काठमाडौँ । वाइवाइले आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप उपलब्ध गराउने भनिएको रकम बुधबार हस्तान्तरण गरेको छ । चौधरी ग्रुपअन्तर्गत सीजी फुड्स नेपाल लिमिटेडले उत्पादन गर्दै आएको वाइवाइले आज एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ प्रदान गरेको हो ।

नेपाली राष्ट्रिय टिम ट्वान्टी–२० विश्वकपमा सहभागी हुँदा खेलाडीलाई प्रोत्साहनस्वरुप वाइवाइले प्रत्येक रनका निम्ति एक हजार, चौकाका लागि आठ हजार, छक्काबापत १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

यस्तै, प्रत्येक विकेटका निम्ति १५ हजार, अर्धशतकबापत ५० हजार, शतकका लागि एक लाख र नेपाली टिमको प्रत्येक जितमा एक लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल सुपर ८ मा पुगे ३० लाख रुपैयाँ दिने घोषणा समेत गरिएको थियो ।

सोही घोषणाबमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शनानुसार सम्पूर्ण रनको तीन लाख पाँच हजार, विकेटको तीन लाख १५ हजार, चौकाहरूको दुई लाख १६ हजार, छक्काहरूको एक लाख आठ हजार गरी नौ लाख ४४ हजार भएको थियो । उक्त रकममा ५६ हजार रुपैयाँ थप गरी हस्तान्तरण गरिएको सीजीले जनाएको छ ।

बुधबार ललितपुरको होटेल भिभान्तामा आयोजित कार्यक्रमबीच सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरे । त्यस अवसरमा सीईओ पुडासैनीले ट्वान्टी–२० विश्वकपमा सहभागी राष्ट्रिय टिममा आबद्ध खेलाडीलाई नेपालको राष्ट्रिय झन्डा विश्वकपको मैदानमा फहराउन सफल भएकामा बधाई एवं धन्यवाद दिए ।

क्यानका सचिव खड्काले नेपाली क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पुर्‍याउँदै आएको योगदान उच्च रहेको बताए । वाइवाइले प्रायोजन गरेको यू–१९ प्रतियोगितमा आफूले वाइवाइको जर्सी लगाएर मैदानमा खेलेको पनि राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका खड्काले स्मरण गरे ।

वाइवाई लामो समयदेखि पुरुष यू–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको छ । वाइवाइले महिला यू–१९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख र अरू क्रिकेट गतिविधि सञ्चालनका निम्ति ३० लाख गरी ६० लाख रुपैयाँ क्यानलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिनेछ ।

यस्तै, वाइवाइले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाइवाइ क्रिकेट ‘प्रेडिक्ट एन्ड विन कन्टेस्ट’ सञ्चालन गरेको थियो । त्यसअन्तर्गत पहिलो, दोस्रो र तेस्रो पुरस्कार विजेतालाई क्रमशः एक लाख, ५० हजार र २५ हजार तथा टुर्नामेन्ट प्रेडिक्सनअन्तर्गत चार विजेतालाई १५ हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT