Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कप २०२३ को स्थानबारे ठूलो निर्णय, पाकिस्तानको हाइब्रिड मोडललाई स्वीकार !

एसिया कप २०२३ को स्थानबारे ठूलो निर्णय, पाकिस्तानको हाइब्रिड मोडललाई स्वीकार !


एजेन्सी । सन् २०२३ मा एकदिवसीय ढाँचामा हुने एसिया कप २०२३ लाई लिएर लामो समयदेखि विवाद थियो । टूर्नामेन्ट पाकिस्तानले आयोजना गर्दैछ र बीसीसीआई सचिव जय शाहले भारतीय टोलीलाई पाकिस्तान जान अस्वीकार गरेका थिए।

पाकिस्तानले हाइब्रिड मोडल ल्याएपछि त्यसलाई लिएर पनि लामो समयदेखि विवाद चलिरहेको थियो ।

तर, अहिले यसको अन्त्य भएको छ ।

पीटीआईले जारी गरेको रिपोर्ट अनुसार ढिलै भएपनि  एसियाली क्रिकेट काउन्सिलले एसिया कप २०२३ को लागि पाकिस्तानको हाइब्रिड मोडललाई स्वीकार गरेको छ।

पाकिस्तानले हाइब्रिड मोडल ल्याएपछि नजम सेठीले पहिलो चार गैर–भारतीय खेल पाकिस्तानमा आयोजना गर्ने प्रस्ताव राखेका थिए। हाल जय शाहको अध्यक्षतामा रहेको एसीसीले यसलाई स्वीकार गरेको छ ।

यी चार खेलबाहेक एसिया कप श्रीलंकाको गाले र पल्लेकेलेमा आयोजना गर्ने निर्णय भएको छ ।

अर्थात् लामो समयदेखि चलेको यो विवादपछि अब टोर्नामेन्ट हुने प्रष्ट बाटो खुलेको छ ।

त्यस्तै विश्वकप २०२३ को विवाद पनि अन्त्य भएको बताइएको छ ।

एसिया कपको सन्दर्भमा जारी गरिएको प्रतिवेदनमा एसीसीले जुन १३ जुन मंगलबार यसबारे आधिकारिक घोषणा गर्न सक्ने बताइएको छ ।

यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली आएपछि पनि तस्वीर स्पष्ट भएको छ । ओमान क्रिकेट बोर्डका प्रमुख र एसीसी सदस्य पंकज खिम्जीले श्रीलंका, बंगलादेश र अफगानिस्तान बोर्डहरूको विरोधको बाबजुद पाकिस्तानको हाइब्रिड मोडेललाई समर्थन गरेको छ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT