Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालबङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी स्वदेश फर्किए

बङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी स्वदेश फर्किए


काठमाडौँ । बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् ।

अहिलेसम्म १२ सयभन्दा धेरै नेपाली स्वदेश आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार अस्ति शनिवारसम्म आठ सय र हिजो ४ सय २० गरी अहिलेसम्म १२ सय २० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हिजो मात्र हवाईमार्गबाट एक सय १५ र तीन सय पाँच जना काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किएका मन्त्रालयले जनाएको छ ।

उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । थप एक हजार सातसय विद्यार्थी दूतावासको सम्पर्कमा रहेका र अरु केही विद्यार्थी सम्पर्कमा आइरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार बङ्गलादेशमा झण्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकामा रहेको नेपाली दूतावासलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवम् आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवम् अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

Techie IT