गृहपृष्ठ ∕ नेपाल ∕ भारतमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्युभारतमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु नेपाली पत्र आईतबार, २०८० जेठ २८ गते, १३:१६ मा प्रकाशित नेपाल उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ ।शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु सबै पूजापाठ सकेर फर्किरहेका थिए ।दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पु¥याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ । “विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा केही जानकारी आएको छैन”, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने । #नेपालीको मृत्यु #सडक दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ४ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ५ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ६ विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर ७ अष्ट्रेलियामा मनाइयो सोनाम ल्होसारThe Film Nepal