Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअमेरिकामा अनेसासको कविता महोत्सब

अमेरिकामा अनेसासको कविता महोत्सब


काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एएनएको सहकार्यमा अमेरिकामा कविता महोत्सव– २०२४ आयोजना गरेको छ । सो महोत्सब नेपाली काव्य प्रधर्वनका लागि आयोजना गरिएको समाजका अध्यक्ष गोवर्धन पुजाले राजधानीलाई जानकारी गराएका छन् ।

अमेरिकाको सन् फ्रान्सिस्कोमा सहरमा एएनएको ४२ औँ सम्मेलनको आवसर पारेर आफुहरुले कविता महोत्सब आयोजना गरेको पनि उनले बताए ।

सो कार्यक्रममा प्रवासमा नेपाली काव्यको अबस्था’बारे चर्चा गरियो । कार्यक्रममा त्यहाँ रहेको विभन्न कविहरूले आफ्ना कविता वाचन गरेर महोत्सबलाई काब्यमय तुल्याएका छन् । अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईको संयोजकत्वमा सो महोत्सब सम्पन्न भएको हो ।

महोत्सबमा गद्य र पद दुबै प्रकारका कविताहरु बाचन गरिएको थियो । कार्यक्रममा प्रतियोगी कविहरू र अप्रतियोगी कवितहरुले कविता सुनाए । जस मध्य प्रतियोगी कविहरुमा जमुना भट्टराई(सन् फ्रान्सिस्को) प्रथम, प्रकाश पाण्डे ( लस एञ्जलस) द्वितीय र उमा शर्मा नर्थ क्यारोलिना) तृतीय भए ।

यी वितेजाहरुलाई रोहिणी शर्मा, तीर्थराज पाण्डे र डन कार्कीको सहयोगमा क्रमश ५ सय, ३ सय र २ सय अमेरिकी डलर प्रदान गरिएको कार्यक्रम सँयोजक गीताले जानकारी गराईन् ।

महोत्सबमा भारती गौतम, नीलम कार्की निहारिका र धर्मराज कोइराला निर्णायक रहेका थिए । प्रतियोगीतामा प्रतियोगी कविहरूसहित बालकुमारी घिमिरे, जमुना भट्टराई, पुष्पराज पौडेल; कोलोराडो, नारायण भट्टराई, उमा शर्मा, प्रकाश पाण्डे, डा टीका लम्साल, बाबु आचार्य, प्रमोद अमात्य, कविन्द्र सिटौलालगायतले दुई दर्जन भन्दाबढी अप्रतियोगी कविहरुले कविता बाचन गरे ।

महोत्सबमा त्यहाँ रहेका साहित्यकारहरुको केही पुस्तकहरु समेत विमोचन गरिएको पनि अध्यक्ष गोवर्धनले जानकारी गराए । डायस्पोरामा नेपाली साहित्यको अबस्था’bout सो महोत्सबमा चर्चा गरिएको थियो ।

सो महोत्सबमा अनेसासका अध्यक्ष गोवर्धन, महोत्सबमा अनेसास बीओटी सभापति पदम विश्वकर्मा, अनेसासका नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्ले, एएनए अध्यक्ष खगेन्द्र अधिकारी, अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, उपाध्यक्ष क्रान्ति भण्डारी, अनेसास बीओटी सदस्य धर्मराज कोइराला, अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष ध्रुव थापा, अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टरकी उपाध्यक्ष रीतादेवी प्रधानलगायतले त्यहाँ नेपाली सहित्यको प्रवर्धन’बारे आफ्नो भनाई राखे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT