Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालशैक्षिक सुधारका निम्ति ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम

शैक्षिक सुधारका निम्ति ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम


जुम्ला । गुठीचौर गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रलाई सुधार गर्न विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाको आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमबाट पालिका सबै विद्यालयलाई सूचना प्रविधिमैत्री बनाइ शिक्षाको गुणस्तर सुधार गर्नेदेखि, पालिकाको स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागू गर्ने भएको छ । जीवनोपयोगी व्यावसायिक एवं प्राविधिक शिक्षालाई जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गरिने गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए। उनले नैतिक शिक्षा पनि त्यसमा समावेश भएको बताए ।

अध्यक्ष बुढाले भने, “विपन्न, अशक्त तथा अनाथ विद्यार्थीलाई प्रोत्साहन तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिने छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई श्रमसँग जोड्न ‘पढ्दै कमाउँदै रमाउँदै परियोजना’ पालिकाको शङ्कर बहुउद्देश्यीय माध्यामिक विद्यालयमा लागू हुनेछ । ”

विद्यार्थीको वास्तविक समस्या पहिचान गरी गाउँपालिकाले समाधान गर्ने कार्यक्रमको लक्ष्य छ । गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुगेर उनीहरूका समस्या बुझ्ने तथा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गरिने उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT