Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालएसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि

एसइईको ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि शुरु हुँदैछ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । परीक्षा बिहान ११ बजेदेखि शुरु हुनेछ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलकाअनुसार परीक्षामा दुई लाख १० हजार विद्यार्थी सहभागी छन् ।

परीक्षाका लागि देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ । परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । नतिजा असोजको पहिलो हप्ता भित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ । पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउनेछन् ।

यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार जना भएपनि दुई लाख १० हजारले मात्रै फारम भरेका छन् ।

एसइईमा आधाभन्दा धेरै परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्काहरुको गणना शुुरु

ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले

हेटौँडामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा १

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने

Techie IT