Techie IT
२०८२ असार १०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमधेशमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै जसपा नेपालको विरोध प्रदर्शन

मधेशमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै जसपा नेपालको विरोध प्रदर्शन


काठमाडौँ । मधेश प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन गरिएको विरोधमा जनता समाजवादी पार्टी, नेपालका समाजवादी युवा संघका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको छ ।

मुलुकमाथी आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गर्ने हिसावले मधेशमा कुर्सी बचाउनकै लागि जम्बो मन्त्रिपरिषद् गठन गरिएको भन्दै समाजवादी युवा संघले विरोध प्रदर्शन गरेको हो ।

समाजवादी युवा संघका मधेश उपाध्यक्ष कमलेश यादवको अगुवाई जनकपुरधामस्थित रामानन्द चोकमा गरिएको विरोध प्रदर्शनमा कुर्सी आतंक बन्द गर, राज्यकोष दोहन गर्न बन्द गर लगायतका नारा समेत लगाएका थिए ।

समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष यादवले संघियतामाथी नै प्रहार हुनेगरी कुर्सी टिकाउनकै लागि जम्बो मन्त्रिपरिषद् बनाउनु मधेशवासीलाई सह्य नहुने बताए । उनले जनमत पार्टीलाई चुनावअघि ठूलाठूला भाषणलाई विश्वास गरेर मधेसका जनताले अवसर दिएपनि अहिले आएर एमाले कांग्रेसको कठपुतली भएर काम गरिरहेको आरोप लगाए ।

उपाध्यक्ष यादवले कानूनी रुपमा कुल प्रदेश सभा सदस्य संख्याको २५ प्रतिशतको संख्यामा मन्त्री बनाउन सक्ने प्रावधान रहेपनि कमजोर आर्थिक स्थिति रहेको मधेस प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन गर्नु गलत रहेको बताए ।

यता समाजवादी युवा संघ धनुषाका अध्यक्ष दीपेन्द्र कापरले मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन आग्रह गर्नुभयो । आफूहरुको आग्रह स्वीकार नगरिए शान्तिपूर्ण प्रदर्शनलाई चरणवद्ध रुपमा जारी राख्ने चेतावनी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगित

चितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि

रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्यु

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल

एक वर्षभित्र उपयोगमा ल्याउने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको…

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका

वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम

काठमाडाैँ । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

Techie IT